गर्भाधान संस्कार

भूमिका 

ब्रह्मसूत्रभाष्य
गर्भस्याधानं वीर्यस्थापनं स्थिरीकरणं यस्मिन्येन वा कर्मणा तद् गर्भाधानम् ।

गर्भमा वीर्यको स्थापना र टिकाउने काम जसले जसलाई जुन कर्म गरेर गर्दछ त्यसैलाई गर्भाधान भनिन्छ।
महिलाले गर्भ धारण गर्नु अघि गरिने संस्कारलाई संस्कृत भाषामा गर्भाधान संस्कार भनिन्छ । कुनै पनि अन्नको बिउबिजन खेतबारीमा छर्नु अघि शुद्धीकरण गर्नु पनि गर्भाधान संस्कार जस्तै हो । गर्भ रहनका लागि कुनै बाधा व्यवधान नहोस् भनेर यो कार्य गरिन्छ । हाम्रो हिन्दुवैदिक १६ संस्कारमध्ये गर्भाधान संस्कार पहिलो हो । गृहस्थ जीवनमा प्रवेश गरेपछिको प्रथम कर्तव्यका रूपमा यसलाई लिने गरेको पाइन्छ । गार्हस्थ जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन हो, त्यसैले यस संस्कारलाई हाम्रा धर्मशास्त्रले महत्त्व दिएको हुनुपर्छ । उत्तम सन्तानको इच्छा राख्ने मातापिताले गर्भाधान हुनु अघि आफ्नो तन र मनको पवित्रताका लागि गर्भाधान संस्कार गर्नुपर्ने शास्त्रीय विधान छ । वर्तमान समयमा यो संस्कार लोप हुदै गएको देखिन्छ । प्राचीन कालमा जनसङ्ख्या बढाउने उद्देश्य रहेका कारण यो अनिवार्य थियो भने वर्तमान समयमा जनसङ्ख्याको चापले पनि यसको महत्त्व घट्दै गएको हुनसक्छ । गर्भाधानका विषयमा बार्नुपर्ने विभिन्न नियमहरु  छन् । त्यसमध्ये रजस्वला भएपछिका शुरुका चार रात र पूर्णिमा, औंसी, अष्टमी र चतुर्दशीलाई पनि गर्भाधान गर्न नहुने रात बताइएको छ । पूर्णिमा, औंसी र चतुर्दशीका रात चन्द्रमा, सूर्य र पृथ्वी सिधा रेखामा हुन्छन् अष्टमीको दिन समकोणमा हुन्छन् । यि दिन मानिसका शरीर भित्र रहेका जलमय तत्व (रगत, रस र प्राण) को स्वाभाविक गति हुँदैन । त्यसैले यि दिन गर्भाधान नगर्नु भनिएको देखिन्छ ।

कश्यपले गर्भवती दीतिलाई दिएका उपदेश  ।

  • कुनै पनि प्राणीलाई मन, वचन र कर्मले नसताउनु ।
  • कसैलाई गाली नगर्नु ।
  • झूटो नबोल्नु ।
  • शरीरको कपाल नकाट्नु ।
  • कुनै पनि अशुभ वस्तुलाई नछुनु ।
  • नरिसाउनु ।
  • नधोइएको लुगा नलगाउनु ।
  • अरुले लाएको माला (पोते, गहना, चुरा, वस्त्र आदि) नलगाउनु ।
  • जुठो नखानु ।
  • मासु नखानु ।
  • घिन लाग्दो व्यवहार गर्नेको वा रजस्वलाको अन्न नखानु ।
  • नचुठी घर बाहिर ननिस्कनु ।
  • दुबै सन्ध्यामा घरबाहिर ननस्किनु ।
  • कपाल खुल्लै राखेर घर बाहिर नजानु ।
  • दुबै सन्ध्यामा नसुत्नु ।
  • शुद्धताका अन्य सामान्य नियम पनि पालना गर्नु ।
  • सधैं पवित्र हुनु र सौभाग्यका चिह्नहरु शरीरबाट कहिल्यै नहटाउनु ।
  • शारिरीक वा मानसिकरुपमा थाक्ने कामहरु नगर्नु ।

कर्मकाण्ड प्रदीप अनुसार

अथ गर्भाधानसंस्कारः

तत्र प्रसङ्गाद्रजस्वलाघांनाह व्यासः-
रजसो दर्शनान्नारी सर्वमेव परित्यजेत् ।
सर्वैरलक्षिता शीघ्रं लज्जिता स्वगृहे वसेत् ॥
एकाम्बरधरा दीना स्नानालंकारवर्जिता ।
मौनिन्यधोमुखी चक्षुःपाणिपद्भिरचञ्चला ॥
अश्नीयात्केवलं नक्तं भक्तं मृण्मयभाजने ।
स्वपेद्भूमावप्रमत्ताक्षपेदेवमहस्त्रयम् ॥
स्नायादथार्त्तववती सचैलाऽनुदिते रवौ ।
विलोक्य भर्तृवदनं शुद्धा भवति धर्मतः ॥
अनूढा मातृवदनदर्शनाच्छुद्धिमाप्नुयात्  ।
शुद्धा भवेच्चतुर्थेऽह्रि स्नानेन स्त्रीरजस्वला ॥
देवे कर्मणि पिश्ये च पञ्चमेहनि शुद्ध्यति ।
अथ स्नानानन्तरं पुनरपि रजोदर्शने जाते शुद्धा एवेत्याहापस्तम्बः-
रजस्वला यदा स्नाता पुनरेव रजस्वला ।
अष्टादशदिनादर्वागशुचित्वं न विद्यते इति ।

गर्भाधाने नियमाः

यस्मिन्ऋक्षे भवेद्गर्भः तस्माद्यद्दशमं भवेद् ।
तत्रापत्यं प्रजायेत तस्माद् ऋक्षत्रयं त्यजॆत् ॥
पित्र्यं पौष्णं च जेष्ठां च यत्नतो वर्जयेत् बुधः ।

षोडशर्तु नीशाः स्त्रीणां तासु युग्मासु संविशेत् ॥
षष्ठदिनस्य युग्मत्वेऽपि “षष्ठयां स्यान्मध्यमःसुतः” इति वचनात् षष्ठदिनं त्याज्यम् । तस्माद्रजोदर्शनादारभ्य चतस्रो रात्रीस्त्यक्त्वा पञ्चमीसप्तम्यौ अयुग्मत्वाद् षष्ठीनिषिद्धत्वात् सन्त्यज्य अष्टमीमारभ्य षोडशीपर्यन्तं युग्मासु रात्रिषु चन्द्रतारानुकूलासु मघारेवतीज्येष्ठानक्षत्रवर्जितासु अनुरागिणीं स्वलकृतां स्त्रियं स्वयं च स्वलकृतो द्विगुणानुरागः सुलग्ने रात्रौ गर्भाधानं कुर्यात् । पुत्रीकामस्तु विषम रात्रौ गर्भाधानं कुर्यात्  ।

 

अथ गर्भाधानप्रयोगः ॥

स्त्री  पहिलो पटक रजस्वला भएपछि ( विवाह भएको पहिलो रजस्वला )  लोग्नेले विधिपूर्वक नुहाउनु ।
सर्वौषधी, सप्तमृत्तिका, पञ्चत्वक् (पाँचथरी रुखका बोक्रा) र पञ्चपल्लव हालिएको कलशको पानीले पत्नीलाई नुहाउन लगाउनु ।
लोग्नेले  स्वच्छ सफा धोती लगाएर आफ्नो आसनमा बसी आचमन गर्नु ।
लोग्नेले  अर्घस्थापना गरी प्राणायाम गर्नु ।
गणेश पूजा, मातृपूजा, नान्दी श्राद्ध, पुण्याहवाचन र गर्भाधानको लागि संकल्प गर्नु ।

सङ्कल्प

अद्य अमुकमासादौ अमुकगोत्र: अमुकशर्माऽहम् अस्या वध्वाः संस्कारातिशयद्वारा अस्यां जनिष्यमाणसर्वगर्भाणां बीजगर्भसमुद्भवैनोनिबर्हणद्वारा श्रीपरमेश्वरप्रीतये गर्भाधानसंस्कारं करिष्ये। तत्पूर्वाङ्गत्वेन दीपकलशगणेशपूजनपूर्वकं मातृपूजननान्दीश्राद्ध पुण्याहवाचनानि करिष्ये । इति संकल्प्य यथोक्त पूजविधनानि सम्पाद्य रात्रौ ज्योतीः शास्त्रोक्ते मुहूर्ते गर्भाधानं कुर्यात् ।
नेपाली – गणेशको पूजा, मातृपूजा, नान्दीश्राद्ध र पुण्याहवाचन गर्नु ।

अभिगमन-विधि

नेपाली- रात्रिको समयमा ज्योतिष शास्त्रको अनुसार मुहूर्तमा  तलदिएका मन्त्र पढेर सहवास गर्नुहोस्।
ॐ विष्णुर्योनिं कल्पयतु त्वष्टा रूपाणि पिंशतु ।
आसिञ्चतु प्रजापतिर्धाता गर्भं दधातु ते ॥
गर्भं धेहि सिनीवालि गर्भ धेहि पृथुष्टुके।
गर्भं ते अश्विनौ देवावाधत्तां पुष्करस्रजौ॥
ॐ हिरण्मयी अरणी याभ्यान्निर्मन्मथातामश्विनौ देवौ।
तं ते गर्भं दधामहे दशमे मासि सूतवे॥
ॐ रूपं रूपं प्रतिरूपो बभूव तदस्य रूपं प्रतिचक्षणाय।
इन्द्रो मायाभिः पुरुरूप ईयते युक्त्वा ह्यस्य हरयः शता दश॥

हृदयालम्भनम्

ॐ यत्तेसुसीमेहृदयन्दिविचन्दमसिश्रितम्।
वेदाहन्तन्मांविद्यात्त्पश्येमशरदःशतञ्जीवेमशरदःशतशृणुयाम
शरदःशतम्। परमेश्वर प्रीयताम् न मम ।  इति पठित्वा ताम्बूल. चर्वणं कुर्वोत इति ।

नेपाली – यो मन्त्र पढेर सुगन्धित सुकुमेल ताम्बूल चबाउदै हृदयालंभन गर्नुहोस्
अर्थः-हे सुकेशि! स्वर्गमा रहेका चन्दमामा जुन तिम्रो मन रमाएको छ, त्यसलाईम राम्ररी बुझ्न सकुँ र मेरो मनलाई तिमि रामरी बुझ। एकअर्काको मनलाई ठीक तरिकाले सम्झंदैहामी दुई, सय वर्षसम्म देखौं, सय वर्षसम्म बाँचौं तथा सय वर्षसम्म सुनौं ।
(सुकेशिः ती नारी जसको कपाल सुन्दर, कालो, बाक्लोर लामो हुन्छ)।

यदि गर्भं न दधाति  तत्रोपायमाह 

सैह्या श्वेत पुष्पिका मूलं मूलनक्षत्रे उत्पाट्य उदपेशं पिष्ट्वा चतुर्थेsहनि  स्नातायां निशायां वध्वा दक्षिणस्यां नासिकायामासिञ्चति  ।।

यदि पत्नीले गर्भाधारण गर्न नसके सेतो फूल फुल्ने कण्टकारीलाई पुष्य नक्षमा चन्द्रमा हुँदा उपवास बसी जरै समेत उखेल्नु । फेरी पत्नी पर सरेको चौथो दिन नुहाएर शुद्ध भएपछि रातमा पानीसँग पिसेर त्यसको रस दुई–तीन थोपा उनको नाकको दाहिने प्वालमा “इयमोषधी…” आदि मन्त्र पढ्दै हालि दिनु ।

तत्र मन्त्रः
ॐ इयमौषधी त्रायमाणा सहमाना सरस्वती ।
अस्या अहं बृहत्त्याः पुत्त्रः पितुरिव नाम जग्ग्रभम् ॥

द्वितोयोपायमाह-पिण्डपितृयज्ञेऽनवघ्रातं मध्यमं पिण्डं पत्नी प्राशयेत् ।
मन्त्रः आघत्त पितरो गर्भ कुमारं पुष्करस्रजम् यथेह पुरुषो सदत् ॥

तृतीयोपायमाह-नित्यहोमात्पूर्व अनेन मन्त्रेण स्त्री एकामाहुति जुहुयात् । मन्त्रश्च-
अपुमांसौ मित्रावरुणो पुमांसावश्विनावुभौ ।
पुमानिन्द्रश्च सूर्यश्च पुमांसं बद्धता मयि स्वाहेति ॥
ततो योनिस्फुरणादिना गर्भाधानं जातमिति निश्चित्य व्यायामातिभोजनदिवास्वापारोहणकुक्कुटासनादीनि वर्जयेत् ।
ततः प्रातदक्षिणां दद्यात् ।

॥ इति गर्भाधानसंस्कारः ॥

 

You cannot copy content of this page